नेपाल महिला फुटबलरले पराजित गरयो साउदीलाई

नेपाल महिला फुटबलरले पराजित गरयो साउदीलाई

  • शुक्रबार, साउन २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, २३ साउन नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

जितसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालले सम्भावना जिवित राखेको छ ।

शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को झिनो जित हासिल गरेको हो ।

यो नतिजासँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो ।

लगातार दोस्रो खेलमा पराजित साउदी अरेबियाको भने एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो ।

स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसकेपछि नेपालले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी