रास्वपा र राप्रपाका सांसदद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाका सांसदद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

  • बुधबार, साउन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २१ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसद मनिष झाले भाषा आयोगमा अर्कै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि काम गरिरहेको समाचारले देश कसरी चलिरहेको छ भन्ने प्रष्ट हुने बताउनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले संवैधानिक नियुक्तिसमेतमा यति लापरबाही हुनुले देश कसरी चलिरहेको छ भन्ने स्पष्ट हुने बताउनुभयो ।

भिजिट भिसा प्रतिवेदनको पेज नं ४६ मा लेखिएको ‘मानव बेचबिखन’ शब्द उल्लेख गर्दै सांसद झाले त्यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । ‘कुलिङ अफ पिरियड’का विषयमा राज्य व्यवस्था समितिका सभापतिलाई नैतिकताको प्रश्न भएकाले उहाँले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।

सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई मार्ने काम भएको भन्दै यसको विरोधमा संसद्को चौथो र पाँचौँ दल लागेको बताउनुभयो । संसद्मा एउटै सांसद उठे पनि सम्बोधन गर्नुपर्नेमा दुई दलले लामो समयदेखि विरोध गरिरहँदा पनि सम्बोधन नहुनुले संसद् सरकारप्रति मात्र उत्तरदायी भइरहेको देखिएको उहाँको भनाइ छ । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेच्ने काम भएको भदै उहाँले यस्ता काम बन्द गर्न पनि माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठक सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएपछि सभामुख घिमिरेले रास्वपाका सांसद झा र राप्रपाकी सांसद कार्कीलाई आकस्मिक समय पारेर बोल्न समय दिनुभएको थियो । सांसद झा र कार्कीले बोलिसकेपछि ुवै दलका सांसद बैठक स्थलबाट बाहिरिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ