बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

  • मङ्लबार, साउन २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

हेटौडा, २० साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ