लामो रस्साकस्सी पछि ‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

लामो रस्साकस्सी पछि ‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

  • मङ्लबार, साउन २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, २० साउन : सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
प्रतिवेदनमा कारबाहीका लागि व्यक्तिको नाम किटान गरेर सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिमसम्म विवाद भइरहेको थियो । सोही विषयलाई लिएर एमाले र रास्वपाका सांसदबीच मध्यरातमा नोकझोक नै भयो ।
रास्वपाका सांसद गणेश पराजुलीले व्यक्ति किटान गरे कारबाहीको सिफारिस गर्दा पनि सोही अनुसार उल्लेख हुनुपर्ने अडान लिएका थिए । उनले अडान लिएपछि एमाले सांसद नारायण आचार्य जङ्गिए । आचार्यले समिति अदालत नभएको र दन्डित गर्न नसक्ने भन्दै संसद र संसदीय अभ्यास बुझेरमात्रै बोल्न पराजुलीलाई हप्काए ।

आचार्यको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाँउदै माओवादी सांसद माधव सापकोटाले पराजुलीको पक्ष लिए । उनले सबै सदस्य बराबर भएको र सत्तापक्षले चाहे अल्पमत-बहुमत गर्न सक्ने र आफूहरू यसका निम्ति तयार भएको बताए ।

छानबिन समितिका सदस्यहरू बीच यो नोकझोक हुँदा रातको १२ बजेको थियो । नोकझोककै बीच छलफल लम्बियो । शान्त हुन बिहान नै पर्खिनु पर्‍यो ।

विपक्ष दलबाट प्रतिनिधित्व गर्ने सांसदहरु अल्पमत बहुमतकै लागि तयार भएपछि कांग्रेस सांसद तथा समिति सभापति जीवन परियारले प्रतिवेदन सर्वसम्मत नै हुने यसका निम्ति के-कसो भाषा लेख्ने भन्ने प्रस्ताव गर्दै नोकझोकको स्थितिलाई सामान्य बनाए ।

त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ ।
वातावरण सामान्य बन्दै गएपछि समितिमा सहमति बन्यो । र, म्याद सकिने दिनदेखि लगातार लामो समय बसेको बैठकले प्रतिवेदन पारित गर्‍यो । यो प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई मुख्य जिम्मेवार बनाइएको छ । अन्य व्यक्तिहरूको नामै भने उल्लेख गरिएको छ । समितिले आजै प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने छन् । प्रतिनिधिस सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा पेस भएपछि प्रतिवेदन कार्यान्वयनमा आउनेछ ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ