कुलिङ पिरियडमा गडबडीका बिषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैको संयुक्त छलफल जारी

कुलिङ पिरियडमा गडबडीका बिषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैको संयुक्त छलफल जारी

  • सोमवार, साउन १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक जारी छ ।
दिउँसो स्थगित भएको बैठक साँझबाट पुनः सुरु भएको हो । सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरू रहेका छन् ।

यसअघि प्रतिपक्षी दलहरू दुई बुँदे बटमलाइन राखेर बाहिरिएका थिए । प्रतिपक्षी दलहरू बाहिरिएपछि सत्तापक्षका सांसदहरूले आन्तरिक छलफल गरेका थिए ।

समितिमा रहेका सदस्यहरूका अनुसार साझा प्रतिवेदन तयार गर्ने प्रयास भईरहेको छ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन लेखन कार्यमा गम्भीर त्रुटी भएको सबैले स्वीकार गरेपछि त्यसअनुसार बाँकी विषयमा फरक–फरक रायसहित प्रतिवेदन तयार गर्नु उचित नरहेको दुवै पक्षका सदस्यहरू बताउँछन् ।

साझा प्रतिवेदन तयार पार्दा पहिलो खण्डमा निजामती विधेयकको प्रतिवेदन लेखन कार्यमा गम्भीर त्रुटि रहेको लेखिनेछ । यसमा यसअघि नै सहमति जुटिसकेको छ ।

दोस्रो बुँदामा त्रुटिमा राजनीतिक नेतृत्व नैतिक जिम्मेवार हुनुपर्ने र उच्च पदस्थ कर्मचारीहरूले पदअनुकुलको आचरण पालना नगरेको देखिएको लेख्न खोजिएको छ । यसमा भाषा मिलाएर जान सक्दा साझा प्रतिवेदन तयार हुने मतमा दुवै पक्ष रहेका छन् ।

राजनीतिक नेतृत्व भन्ने भाषाले विपक्षीले भने जस्तो राज्य व्यवस्था समितिका सभापतिलाई संकेत गर्ने तर्क समितिमा प्रस्तुत भएको छ । साथै उच्च पदस्थ कर्मचारी भन्दा मुख्य सचिव र संसद् सचिवालयका महासचिव समेतलाई समेट्ने तर्क पनि प्रस्तुत भएको छ ।

कारबाही अन्तर्गत राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिने भन्दा पुग्ने र कर्मचारीका अकमा पद अनुकुलको आचरण नगरेको देखिएको भनेर आगामी दिनमा ख्याल गर्न सचेत गराउने भाषा प्रयोग गरेर जान सकिने विकल्पमा समेत छलफल चलेको छ ।

तर, विपक्षी दलहरूले नाम किटान नै गरेर जानुपर्ने बताएका छन् । साथै कारबाही के गर्ने हो त्यो पनि खुल्नुपर्ने बताएका छन् ।

तथापि, दुवै पक्षमो साझा प्रतिवेदन तयार पार्ने प्रयासमा दुवै पक्ष लागेका छन् ।

चौथो बुँदामा सत्तापक्ष र प्रतिपक्ष सहमत छन् । समितिले सोधपुछका क्रममा आएका सबै सुझावलाई एकीकृत गरेर सुझाव खण्ड तयार पारिएको छ । जसमा आगामी दिनमा कानुन निर्माणमा अपनाउनुपर्ने सुझाव सिफारिस गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ