पार्टीभित्रका गुट र स्वार्थ समूह विघटन गर्ने माओवादीको सङ्कल्प

पार्टीभित्रका गुट र स्वार्थ समूह विघटन गर्ने माओवादीको सङ्कल्प

  • सोमवार, साउन १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीभित्र देखिएको गुटउपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीतका गतिविधि गर्ने नेता कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“पार्टीभित्रको गुट उपगुटको बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो, “बैठकले पार्टीको शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको छ ।”

पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । पार्टीका उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको निर्णयलाई महसुस गर्नुभएको र बैठकको निर्णयमा हस्ताक्षर गर्न सहमत हुनुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकले दशैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरू गरेर ताप्लेजुङसम्म पुर्‍याउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । “दुवै पार्टीले एकता गर्ने निर्णय गरिसकेका छन् अब छिट्टै एकता हुन्छ”, प्रवक्ता सापकोटाले भन्नुभयो, “अन्य माओवादी धारसँग पनि एकताको प्रयास भइरहेको छ ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसँग पनि एकताको बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ