विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

  • बुधबार, साउन १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, १४ साउनः विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा आज नेपाली पुरुष टोली शीर्ष स्थानमा रहेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकामा सबैमा जित हासिल ग-यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलङ्कालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा पराजित ग-यो ।

नेपालले अन्तिम दिन भोलि भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल छन् ।

दोस्रो स्थानमा रहेको भारतले श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग पनि खेल्न बाँकी छ । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार व्यहो-यो ।

माल्दिभ्स र बङ्गलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलङ्कासंँग २–३ ले चुक्यो । नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल छन् । पाँचै टिम सहभागी महिलमा पनि नेपालले भोलि भारतको सामना गर्ने छ ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित पाँच राष्ट्रका ३४ खेलाडी सहभागी छन् । भारतबाट १० तथा नेपाल, श्रीलङ्लका, बङ्गलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडी सहभागी छन् ।

राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने पुरुष÷महिला टोली इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछ्न ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी