चाँगुनारायणलाई धार्मिक पर्यटनकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चाँगुनारायणलाई धार्मिक पर्यटनकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

  • बुधबार, साउन १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, १४ साउन : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका–७ बागेहिटी देवीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा गत साउन ६ गतेदेखि सुरु भएको एक महिने शिवपुराण तथा विष्णुपुराण ज्ञान महायज्ञमा आज सहभागी हुनुभएको थियो ।

सो अवसरमा नगरकोट आफैँमा पर्यटकीय क्षेत्र रहेको बताउँदै उहाँले चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मका क्षेत्रमा रहेको प्रसिद्ध धार्मिकस्थललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख जीवन खत्रीले पर्यटनको विकासबाटै नगरवासीको आर्थिक विकासमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै पालामा विकास सम्भव छ, त्यही सङ्कल्पका साथ नगरकोट भ्रमण वर्षको आयोजना गरेका हाँै । विकासमा सबैलाई जोड्दै लगेका छौँ, धार्मिक, आर्थिक र पर्यटन विकास र सिङ्गो चाँगुायणको समृद्धिको यात्रा थालनी गरेका छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ