दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

  • मङ्लबार, साउन १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भक्तपुर, १३ साउन : यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरिएका उद्योग आजदेखि सञ्चालनमा आएका छन् ।
बजारमा बिक्री हुँदै आएको पानीमा दिसामा हुने कीटाणु कोलिफार्म भेटिएपछि चाँगुनारायण नगरपालिकाले बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगमा तालाबन्दी गरेको थियो ।

नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले त्यस्ता उद्योगलाई बिक्री वितरणमा प्रतिबन्द लगाउँदै तालाबन्दी गरिएकामा सम्पूर्ण रूपमा शुद्धता सुनिश्चित गरिएपछि आजदेखि सञ्चालन गर्न दिइएको बताउनुभयो ।

त्यहाँका उद्योगको पानी प्रदूषित रहेको गुनासो आएपछि यही साउन ९ र ११ गते उपप्रमुख बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, प्राविधिक, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको टोलीले उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरेको थियो । नमूना परीक्षणपछि कोलिफार्म भेटिएको थियो । त्यसलगत्तै नगरपालिकाले ती उद्योगबाट पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
यस्ता उद्योगमा अक्वा कर्णाली खानेपानी, जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग, झौखेल खानेपानी उद्योग रहेका छन् ।

नगर उपप्रमुख बुढाथोकीले भन्नुभयो, “हामीले पानीको पुनः परीक्षण गर्यौँ, आज आएको रिपोर्टमा पानी शुद्धीकरण गरेको पाइयो, त्यसैले सञ्चालनका लागि अनुमति दिएका हौँ । फेरि यस्तो भटिए कानुनअनुसार कारबाही गर्नेछौँ ।”

उहाँले सबै पानी उद्यागलाई नगरपालिकामा दर्ता एवं नवीकरण गर्न र शुद्धतामा ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ