आफू संसदीय दलको नेताबाट पराजित भएपछि लामाले भने, म बिरुद्ध नेताहरुले प्रपञ्च गरे, राजीनामा दिन्न

आफू संसदीय दलको नेताबाट पराजित भएपछि लामाले भने, म बिरुद्ध नेताहरुले प्रपञ्च गरे, राजीनामा दिन्न

  • मङ्लबार, साउन १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

साउन १३ हेटौडा । बागमती प्रदेश कांग्रेस संसदीय दलबाट अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले आफ्नो मन्त्रीहरू सबैलाई नेताले करकापमा पारेको र नेताहरुले आफू बिरुद्ध प्रचन्च गरेको आरोप लगाएका छन् ।

लामाले आफ्नै मन्त्रिपरिषद्‌मा रहेका मन्त्रीहरू असन्तुष्ट हुँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुमा नेताहरूले करकापमा पारेर गर्न लगाएका बताएका हुन्।

अविश्वासको प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका नेताहरूले प्रपञ्च रचेर अविश्वासको प्रस्ताव दर्ता गर्न निर्देशन दिएको आरोप लगाए।

‘मैले त सबैलाई मिलाएर जाऔँ भनेकै थिएँ, तर यहाँ त सांसददेखि नेताहरूसम्मले मविरुद्ध प्रपञ्च रचेका रहेछन्,ु लामाले भने, ‘मेरै क्याबिनेटमा बसेका मन्त्रीहरू पनि कसैको जालोमा फसेका रहेछन्। कसैको धेरै प्रेसर पनि रहेछ। सोही कारण उहाँहरूले अर्को पक्षलाई सघाउन तयार बन्नुपर्ने अवस्था आयो।’

लामाले आफ्नो दलको नेताबाट पदगए पनि मुख्यमन्त्रीबाट भने राजीनामा नदिने बताएका छन्।

उनी बिरुद्ध काँग्रेसकै २२ सांसदले हस्ताक्षर संकलन गरी अविस्वास प्रस्ताव पेश गरेका थिए । उनले राजीनामा नदिएपछि अब बिस्वासको मत लिनु पर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ