साउन १३ हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल भईरहेको छ । पार्टीकै बहुमत सांसदहरुले मुख्यमन्त्री बिरुद्ध अविस्वास प्रस्तावमा हस्ताक्षर गरेपछि यो कलह मिलाउन केन्द्रीय प्रतिनिधिका रुपमा राजन केसीलाई खटाईएको छ ।
बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो ।
त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ ।
यसपछि उक्त प्रस्तावको पक्ष र र विपक्षमा मतविभाजन एवं सनाखत गर्ने काम हुने र सहमतिको प्रयास गर्ने नभए मत विभाजन हुने बुझिएको छ ।
लामालाई हटाएर ईन्द्र बानीयालाई मुख्यमन्त्री बनाउन सांसदहरुले प्रयास गरीरहेका छन् ।