साउन १३ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिरहेको बताएका छन् ।
आज पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेको बताएका हुन् ।
‘हाम्रो इतिहास मेटाउन, हामीले गरेको कर्मले नेपाली इतिहासमा ल्याएको परिवर्तन महत्त्व र औचित्य सिद्ध्याउन निकै ठुलो षडयन्त्रमा छन्’, प्रचण्डले भने, ‘मलाई लाग्छ तपाईँहरूले यो पक्षमा पनि ध्यान दिनुभएकै होला ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline