बिरगंज पब्लिक कलेजले बिआइटी कक्षा संचालन ल्यायो 

बिरगंज पब्लिक कलेजले बिआइटी कक्षा संचालन ल्यायो 

  • सोमवार, साउन १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

वीरगन्ज १२ साउन । बीरगंज पब्लिक कलेजले यसै शैक्षिकसत्रदेखि बैचलर अफ इन्फर्मेसन टेक्नोलोजी बिआइटी कक्षा शुरु गरेको छ। सोमबार कलेजको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख डाक्टर अरबिन्द श्रेष्ठले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै २५ वर्ष लामो इतिहास बोकेको कलेजले विद्यार्थीहरुको हकहितका लागि उक्त बिआइटी कक्षा संचालनमा ल्याउने काम गरेको बताए।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कार्यक्रमले मोफसलका विद्यार्थीहरूलाई आधुनिक प्रविधिको उच्चस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको छ।

सोमबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले २०५७ सालमा स्थापित बीपीसी कलेजले युगसापेक्ष शिक्षाको आवश्यकता महसुस गरी सूचना प्रविधि क्षेत्रमा बढ्दो माग र अवसरलाई ध्यानमा राख्दै यसै वर्षदेखि शुरुआत गरेको श्रेष्ठले बताएका छन् ।

उनका अनुसार हाल प्लस टु, बीबीए, बीआईएम, बीबीएस्, एमबीए, एमबीएस, र एसीसीए जस्ता विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालनमा आउने डाक्टर श्रेष्ठले बताएका हुन । सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले यस वर्षदेखि सञ्चालन हुने BIT कक्षामा कुल ४८ जना विद्यार्थी भर्ना हुन सक्ने जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्तिको विशेष व्यवस्था समेत गरिएकोले इच्छुक विद्यार्थीहरुले कलेजमा सम्पर्क गर्न अपिल गरेका छन् ।
अहिले देश विदेशमा आइटीको बढ्दो माग भएकोले सोही मध्य नजर गरेर बीरगंज पब्लिक कलेजले ,कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, र आईटीओ ल्याब लगायतका अत्याधुनिक ल्याबहरू पनि सञ्चालनमा छन्। उनले पछिल्लो समय आईटी क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले (BIT) कक्षा सञ्चालनमा ल्याइएको उल्लेख गरेका छन् । चार वर्षको यसमा आठवटा सेमेस्टर रहनेछन् कलेजले प्रत्येक विद्यार्थीलाई पाठ्यक्रम अनुसारका आवश्यक पुस्तकहरू पुस्तकालयबाट उपलब्ध गराउने ब्यवस्था समेत गरिने छ।

वीरगन्ज पब्लिक कलेजले ‘शिक्षा र प्रविधिको सशक्त संयोजनमार्फत प्रदेशस्तरीय विद्यार्थीलाई उत्कृष्ट आईटी शिक्षा दिने’ आफ्नो लक्ष्य रहेको सो पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ