सरकारले किसानलाई मल उपब्ध गराउन नसकेपछि वाईसियल एक्सनमा

सरकारले किसानलाई मल उपब्ध गराउन नसकेपछि वाईसियल एक्सनमा

  • आइतवार, साउन ११, २०८२
  • डम्मर दत्त भट्ट

  • 1.7K
    SHARES

कञ्चनपुर, साउन ११।
सरकारले किसानहरुलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअ‍ोवादी केन्द्र निकट युवा संगठन एक्सनमा उत्रिएको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसियल नेपाल)ले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअ‍ोवादी केन्द्र निकट युवा संगठन एक्सनमा उत्रिएको हो ।
आइतबार वाईसियल कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको वाईसियलले जनाएको छ । वाईसियल कञ्चनपुरका इन्चार्ज तिलक जप्रेलले किसान मलखाद नपाएपछि हैरानदेदिख खेत बाँझो राख्नुपर्ने बाध्यता सृजना भएकाले सरकारले उपलब्ध गराउने रसायनिक मल आपुर्तिका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको बताए । वाईसियल इन्चार्ज जप्रेलले सरकारले आम किसानलाई समयमै मलखाद नदिने, तर मलमा सहकारीहरुले कालोबजारी गर्ने प्रवृतिले कार्बाहीको माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वाईसियल नेपालले किसानका लागि अघि सारेका मागप्रति प्रशासन गम्भिर भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ