आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यकः महासचिव पोखरेल

आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यकः महासचिव पोखरेल

  • आइतवार, साउन ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, ११ साउनः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिनुभएको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित विस्तारित बैठकमा महासचिव पोखरेलले हरेक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रणालीलाई आधार मानेर तीनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“आदिवासी जनजातिको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौँ । त्यसले कार्यक्रम रहुञ्जेल केही सफल जस्तो देखिए पनि त्यसको स्थायित्व हुने देखिएन”, उहाँले भन्नुभयो, “प्रत्येक समुदायले लामो समयदेखि अङ्गिकार गरेको परम्परागत प्रणालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रम निर्माण गरेमा आदिवासी जनजातीको आर्थिक समृद्धि टाढा छैन ।”

नेपालका आदिवासी जनजातिलाई पार्टीको नीतिगत रुपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताउनुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विश्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातिलाई चिन्ने कामको सुरुआत भएको भन्दै उहाँले त्यसकै जगमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने भन्दै उहाँको विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर पार्टीको सदस्यता नवीकरण नगर्ने निचोडमा पुगेको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पार्टीले जनजातिका मुद्दालाई अगाडि सार्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ