साउन ११ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्वाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन्।
पोखराको जग्गाको घुस डिल प्रकरणमा मुछिएकी श्रेष्ठले बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन्।
अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा जोडिएकी छन्। उनी केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि पुगेकी थिइन्।
नाउपाको विधानले अध्यक्षले कार्यवाहक तोक्न मिल्ने अधिकार दिएकोले सोहीअनुसार बास्तोलाई जिम्मा दिएको रञ्जिताले बताएकी छन् ।
केही दिन अघि मात्रै उनका पति रेशम चौधरीले घुस डिलबारे बोल्दै मार्ग प्रशस्त गर्नु पर्ने बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline