कुलिङ पिरियडका बिषयमा विधेयकको शब्द परिवर्तन सम्बन्धि घटनाको छानविन गर्न बनेको समितिको म्याद एक साता थपियो

कुलिङ पिरियडका बिषयमा विधेयकको शब्द परिवर्तन सम्बन्धि घटनाको छानविन गर्न बनेको समितिको म्याद एक साता थपियो

  • शुक्रबार, साउन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ९ साउनः सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद एक हप्ता थपिएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त समितिको म्याद थपका लागि सहमति जनाएको हो ।

सभामुख देवराज घिमिरेले समितिबाट सात दिनको कार्यावधि थप गर्नका लागि माग भई आएको बताउनुभयो । सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको राज्य व्यवस्था समितिको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि गत असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन भएको थियो । उक्त विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउदा अवकाश प्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा अध्ययन तथा छानबिनको लागि उक्त विशेष समिति गठन भएको थियो ।

त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकले संसदीय समितिका सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहेका दिक्पालकुमार शाहीलाई महिला तथा सामाजिक मामिला समितिमा पठाइएको छ । सांसद विष्णुकुमार कार्की कृषि समितिबाट पूर्वाधार विकास समितिमा, प्रतिमा गौतमलाई पूर्वाधार समितिबाट कृषि समितिमा र आशा विकलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि समितिको जिम्मेवारी दिइएको छ । संसदीय समितिका सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने प्रस्तावलाई आजको सभाले सहमति जनाएको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनको सङ्घाईमा आयोजना हुने ‘कृत्रिम बौद्धिकता सम्मेलन–२०२५’ मा भाग लिनका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएकाले उक्त मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकिएको छ । उक्त कार्यभार तोकिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सदनलाई जानकारी गराएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ