पोखरा जग्गा प्रकरणमा घुस डिलमा संलग्न भएको आरोपबारे जवाफ दिन रेशम चौधरीद्धारा आफ्नै पत्नी रञ्जितासँग जवाफ माग

पोखरा जग्गा प्रकरणमा घुस डिलमा संलग्न भएको आरोपबारे जवाफ दिन रेशम चौधरीद्धारा आफ्नै पत्नी रञ्जितासँग जवाफ माग

  • शुक्रबार, साउन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

साउन ९ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समितिमा जबाफ दिनुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै चौधरीले पार्टी कार्यकर्ता र जनतामा पनि अन्योल सिर्जना गरेकाले त्यसबारेमा केन्द्रीय समिति बैठकमा जबाफ दिनुपर्ने बताएका हुन्।

कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस डिल गरिएको प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्टका लागि हाजिर भएकी थिइन्।

ुमैले बोलाइएको बैठक होइन, वैधानिक होइन भनेर अध्यक्ष पन्छिन पाउनुहुन्न। साथीहरूले बैठक बोलाउनु भएछ के कारणले बैठक बोलाउनुभएछ भनेर उहाँले सोधिखोजी गर्नुपर्छ। उहाँ अध्यक्ष भएपछि हरेक सदस्य उहाँको परिवार हो। उहाँहरूसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो, उनले भने।

अहिले उत्पन्न परिस्थिती पनि रञ्जिताकै कारण आएको उनले बताएका छन्।

सत्य कुरा केन्द्रीय समितिमा राखेपछि पार्टीले पनि आधिकारीक धारणा राख्ने परिस्थिती निर्माण हुने रेशमले बताएका छन्।

ुएउटा मुखले मात्रै बोलेर हुँदैन। केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला। पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन। यसको निकास तपाईंले नै दिनुपर्छ। तपाईंले भन्नुपर्छ,ु उनले भनेका छन्।

ुमलाई संरक्षकमा ल्याएर थन्क्याइएको छ। होइन भनुँ भने म संरक्षक नै हुँ। हो भनौं भने भूमिकाविहीन जस्तै छु, उनले भने।

ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ