प्रधानमन्त्री ओली आज सुख्खा प्रभावित मधेश प्रदेश जाँदै

प्रधानमन्त्री ओली आज सुख्खा प्रभावित मधेश प्रदेश जाँदै

  • शुक्रबार, साउन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाँदै छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने छन् ।

धानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’

उनले भनेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।’ हिजो बाहिरका कार्यक्रममा सहभागी नभए पनि आज भने मधेश जाने उनको भनाइ छ ।

मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसानहरु समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा प्रभाव परेको छ । नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । अन्न भण्डार मानिने मधेशमा खडेरीले गर्दा धान उत्पादन घट्ने चिन्ता छ ।

त्यसैले यही साउन ७ गते बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोष्णा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ