ओलीले सदस्यता नवीकरण रोकेपछि विद्या आज औपचारिक धारणा सार्वजनिक गर्दै

ओलीले सदस्यता नवीकरण रोकेपछि विद्या आज औपचारिक धारणा सार्वजनिक गर्दै

  • शुक्रबार, साउन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

श्रावण ९, काठमाडौँ ।
एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले आज औपचारीक धारणा सार्वजननिक गर्ने तयारी गरेकी छिन् ।

उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

भण्डारीले दिउँसो ३ बजे पत्रकार सम्मेलन राखेकी छिन् । सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । भण्डारीनिकट एक नेताले शुक्रबारको पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने बताए । भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ ।

गत मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । तर, त्यसै दिन दिउँसो सीमित पत्रकारहरूसँगको भेटमा भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने जनाउ दिएकी थिइन् । एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ