गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर

गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर

  • मङ्लबार, साउन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं । गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको सर्यो सर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

शैलु आचार्यको शब्द शृजना तथा किरण भुजेलको संगीतमा तयार गीतको भिडियोको कन्सेप्ट पनि गायक स्वयमकै हो।

एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र मर्मस्पर्शी बिछोडका भावनाहरुलाई समेटिएको भिडियोमा गायक शंकर र नायिका गरिमा शर्माको अभिनय गज्जब देख्न सकिन्छ।

भिडियोमा गरिमा र शंकर दुवै रोमान्टिक अवतारमा देखा परेका छन्। दुई प्रेमील मन एक हुँदा कुन हदसम्मको माया बढ्छ भन्ने कुरालाई गरिमा र शंकरका माध्यमबाट निर्देशक शान थापाले देखाउन खोजेका छन्।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन्। गायक श्रेष्ठ गायक सँगसँगै अभिनयमा पनि औधी रुची राख्छन्।

बुधबारे झापाका गायक श्रेष्ठ अहिले अशोक दर्जीको मन बिनाको धन नामक फिल्मको छायांकन सकेर अहिले परिवर्तन नामक फिल्मको छायांकनमा व्यस्त छन्। विषम आचार्यको एरेन्ज, साजन शाहको मिक्सिङ मास्टरिङ रहेको गीतको छयांकन अर्जुन तिवारीले गरेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी