साउन ५ काठमाण्डौँ । नेपाल साफ यु–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा बंगलादेशसँग निरीह सावित भएको छ । बंगलादेशसँग कमजोर प्रदर्शनका कारण ४–० ले पराजित भएको छ । यो हारले नेपाल तेस्रो पटक उपविजेता बनेको छ ।
पहिलो पटक उपाधि जित्ने योजनामा रहेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको हो । यदि यो खेल बराबरी भएपनि बंगलादेश च्याम्पियन बन्ने थियो । नेपाललाई भने जितको विकल्प थिएन ।
बंगलादेशको जितमा स्ट्राइकर सागोरिकाले ह्याट्रिक गरिन् । उनले चार गोल गरेकी हुन् । प्रतियोगितामा उनको यो आठौं गोल हो । प्रतियोगितामा नेपालको पुर्णिमा राईले १० गोल गरेकी छिन् । त्यस्तै, मीना देउवाको नाममा ७ गोल रहेको छ ।
प्रतियोगितामा बंगलादेश च्याम्पियन बन्दा नेपाल उपविजेता भयो । भुटान तेस्रो हुँदा एकै खेल जित्न नसकेको श्रीलंका पुछारमा रहेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline