साउन ५ काठमाण्डौँ । बंगलादेशमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधीका लागि आज नेपालले निर्णायक खेल खेल्दैछ । बंगलादेशसँग पहिलो खेलमा हार व्यहोरेकाले आज जित आवस्यक परेको हो । अन्यथा गोल अन्तरका आधारमा बंगलादेश भन्दा अगाडी नेपाली टोली रहेको छ ।
नेपालले हालसम्म लिगको ५ खेल खेल्दा ३० गोल गर्दै ४ गोल व्यहोरेको छ। बंगालदेशले समान ५ खेलमा २४ गोल गर्दै समान ४ गोल व्यहोरेको छ। यो प्रतियोगिता हेड टु हेडभन्दा गोल अन्तरमा आधारित हुने हुँदा नेपालले बंगलादेशलाई जित्नैपर्ने हुन्छ।
साफ यु–२० २०२३ महिला च्याम्पियनसिपको बंगलादेश च्याम्पियन हो। राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपालले लिग चरणमा ३(१ ले पराजित भएको थियो। नेपालका लागि मनमाया परियारले एकमात्र गोल फर्काएकी थिइन्। फाइनलमा नेपाल बंगलादेशसँग ३–० ले हार व्यहोर्दै रजत पदक लगाइ घर फर्किएको थियो।
नेपाली टिमले बंगलादेशको खेलसँग केही रणनीतिक परिवर्तनसहित खेल्नेछ। जसमा पहिलो खेलमा गरेको गल्तीलाई सच्याउँदै नेपाली टिमले खेल्नेछ।
कप्तान बिर्सना चौधरी भन्छिन्, ‘हाम्रो एकमात्र लक्ष्य उपाधि हो। उनीहरसँग प्रतिस्पर्धात्मक खेल हुनेछ।’ उनका अनुसार नेपाली खेलाडीले भुटानसँगको खेलमा जस्तै खेले भने बंगलादेशसँग जित निकाल्न सकिन्छ। ‘भुटानसँगको खेलमा जस्तै हामीले खेल्यौं भने उनीहरूलाई जित्न सक्छौं,’ अन्नपूर्णसँग उनले भनिन्।
नेपालको फर्वाड लाइन राम्रो भएको र अब केही मिडफिल्ड र डिफेन्समा देखिएको गल्ती समाधान गरे उपाधि जित्नेमा कप्तान बिर्सना विश्वस्त देखिन्छिन्।
अघिल्लो खेलमा नेपालले पहिलो हाफमा २ गोल खाएको थियो। खेलको दोस्रो हाफमा नेपालले गोल फर्कायो। पहिलो हाफको १४औं मिनेटमा सिन्हा शिखाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। खेलको ३७औं मिनेटमा सागोरिकाले गोल गरिन्। दोस्रो हाफ नेपालले २ गोल फर्काएको थियो।
बंगलादेशको यु–२० टिममा सिनियर टिमबाट खेलिसकेका ९ जना खेलाडी छन्। उनले एसिया कप छनोट खेल्ने टिममा रहेका गोलकिपर स्वर्ण रानी मण्डल र माइल अख्तर, डिफेन्डर जोइनब बीबी रिता, मिडफिल्डर मुन्की अख्तर र सपना रानी, फर्वाड नबीरन खातुन, सागोरिका र उम्लि मार्मा तथा स्ट्राइकर अफिदा खानदोकरलाई साफ यु(२० को लागि छनोट गरेका हुन्। स्ट्राइकरसमेत रहेकी अफिदा आफैंले यु(२० को टिमको नेतृत्व गरेकी छन्।
लिगको पहिलो भेटमा बंगलादेश र नेपालका २ खेलाडीले रातो कार्ड पाएका थिए। उनीहरूले मैदानमा हात हालाहालको अवस्था हुँदा उनीहरूलाई ३ खेलमा प्रतिबन्ध र ५०० डलर जरिवानासमेत गरिएको थियो। जसका कारण नेपालकी डिफेन्डर स्रिमन राई र बंगलादेशकी फर्वाड सागोरिकाले लिगको ३ खेल खेलेनन्। यी दुवै खेलाडीले लिगको अन्तिम खेल खेल्नेछन्।
नेपालकी फर्वाड पूर्णिमा राईले यो प्रतियोगिता अवधीभर २ खेलमा ह्याट्रिकसहित कूल १० गोल गरेकी छन्। पूर्णिमाले पहिलो खेलमा भुटानविरुद्ध ह्याट्रिकसहित ४ गोल गरिन्। उनले खेलको १८, ६३, ८४ र ८८ मिनेटमा गोल गरेकी हुन्। पूर्णिमाको लागि यो अन्तर्राष्ट्रिय करिअरको पहिलो ह्याट्रिक हो। उनले दोस्रो खेल बंगलादेशसँग गोल गर्न सकिनन्। तेस्रो खेलमा श्रीलंकासँग पहिलो हाफको थप गरिएको समयमा २ गोल गरिन्। तेस्रो खेलमा श्रीलंकाविरुद्ध १ गोल गरेकी थिइन्। चौथो खेलमा भुटानसाग पुनः उनले २३ औं मिनेट र थप गरिएको ६ मिनेटमा थप २ गोल गर्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी हुन्।
उनी हालसम्म ४ खेलमा १० गोलसहित उच्च गोलकर्ताको उपाधिको प्रबल दाबेदार हुन्।