मध्य पहाडी लोकमार्ग सहित कोशी प्रदेशका विभिन्न सडक अबरुद्ध

मध्य पहाडी लोकमार्ग सहित कोशी प्रदेशका विभिन्न सडक अबरुद्ध

  • आइतवार, साउन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

साउन ४ फिदिम। बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्ग मध्यरातदेखि अवरुद्ध भएको हो ।

यस्तै तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको हो । राँके रवि छ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि बन्द भएको बताइएको छ ।मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भिरमा पहिरो जाँदा यो सडक अवरुद्ध भएको हो ।

सोही राजमार्गको दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याएको छ फिदिम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ ।जस कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन ।

यस्तै आज देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै मौसम विभागले सचेत रहन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ