विपद प्रतिकार्यको तयारी तीव्र पार्न सरकारलाई प्रचण्डको आग्रह

विपद प्रतिकार्यको तयारी तीव्र पार्न सरकारलाई प्रचण्डको आग्रह

  • आइतवार, साउन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् ।

ुदेशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला। साथै, विपद् पूर्व(व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु। प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

प्रचण्डले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन निर्देशन पनि दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ