साउन ३ काठमाण्डौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्।
उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको उल्लेख गरेका हुन्।
वाइल्डले एन्फालाई मेल गर्दै राजिनामा दिएका हुन्। एन्फाले अब एक सातामा छलफल गरेर निर्णय गर्ने बताएको छ।
एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनिति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको बताईएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline