भुटान बिरुद्ध नेपाल आठ शुन्य गोल अन्तरले बिजयी, अब निर्णायक खेलमा बंगलादेश बिरुद्ध जितको दबाब

भुटान बिरुद्ध नेपाल आठ शुन्य गोल अन्तरले बिजयी, अब निर्णायक खेलमा बंगलादेश बिरुद्ध जितको दबाब

  • शनिबार, साउन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

ढाका साउन ३ । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँगको दोस्रो खेलमा नेपालले‌ ८–० को जित दर्ता गरेको छ।‌​​​​​​​ ढाकास्थित वसुन्धरा किङ्स एरियाको अभ्यास मैदानमा भएको खेलमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पुरा गरे। पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो।‌

​​​​​​​पूर्णिमाले खेलको २३ औँ मिनेट र पहिलो हाफकोथप गरिएको समयमा थप २ गोलसहित ह्याट्रिक पुरा गरेकी हुन्। मीनाले भने पहिलो हाफमा दुई गोल र दोस्रो हाफको ६४ औँ मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरिन्।नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले १र१ गोल गरे।

खेलको पहिलो मिनेटमै नेपालका लागि सरिता नाथले दायाँ तर्फबाट दिएको पासमा मिना देउवा पोष्ट भित्रकै दायाँ भागबाट गोल गरिन्। खेलको नवौँ मिनेटमा नेपालका लागि समीक्षा मगरले दोस्रो गोल गरिन्। समीक्षाले डिबक्स बाहिरबाट प्रहार गरेको बल माथिल्लो क्रस बारमा लाग्दै गोल भएको हो।

खेलको १२ औँ मिनेटमा नेपालका लागि मिना देउवाले व्यक्तिगत दोस्रो र नेपालका लागि तेस्रो गोल गरिन्।‌ शुक्रिया मियाले बायाँ तर्फबाट दिएको क्रसलाई मीनाले किपरको हातबाट खोस्दै गोल गरिन्।
खेलको २३ औँ मिनेटमा मिना देउवाले पोस्ट भित्रको दायाँ कर्नरबाट गरेको क्रसलाई पूर्णिमा राईले गोलमा परिणत गरिन्। यो नेपालका लागि चौथो गोल हो।‌

पहिलो हाफको थप गरिएको समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौँ गोल गरिन्। सरिता नाथले गरेको फ्री किक भुटानकी गोलकिपर सोनम याङ्चेनले नियन्त्रणमा लिन नसक्दा पूर्णिमाले हेडर मार्फत गोल गरेकी हुन् ।

पहिलो हाफको सुरुवातमै लगातार तीन गोल खाँदा भुटानले पेमा याङ्जोमलाई प्रतिस्थापन गर्दै सोनमलाई पोष्टको जिम्मा लगाएको थियो। पहिलो हाफमा थप गरेको ६ मिनेटको अन्तिम सेकेन्डमा पूर्णिमा राईले व्यक्तिगत ह्याट्रिक पुरा गर्दै नेपालका लागि छैटौँ गोल गरिन्‌।

नेपालले दोस्रो हाफको सुरुवातमै दुई परिवर्तन गर्‍यो।‌ पूर्णिमा राईको स्थानमा कुसुम खतिवडा र सेनु परियारको स्थानमा वर्षा ओली मैदान प्रवेश गरेका थिए।

खेलको ६३ औँ मिनेटमा नेपालका लागि कुसुम खतिवडाले गोल गरिन्। यो नेपालका लागि सातौँ गोल थियो। सुक्रिया मियाको क्रसमा वर्षा ओली पोष्ट अगाडी बिट पोस्टको दायाँतर्फ रहेकी कुसुमले दोस्रो बारमा फिनिस गरेकी हुन्।

नेपालको लागि आठौँ गोल मिना देउवाले गरिन् । यो गोलसँगै उनले व्यक्तिगत ह्याट्रिक पूरा गरिन्। पहिलो हाफमा २ गोल गरेकी मिनाले ६४ औँ मिनेटमा तेस्रो गोल गरेकी हुन्।

भुटानले दोस्रो हाफमा निकै राम्रो खेल प्रदर्शन गरेपनि तीनवटा राम्रो मौका खेर फाल्यो।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो।

नेपालले लिगको अन्तिम खेल घरेलु टोली बंगलादेशसँग सोमबार खेल्नेछ। बंगलादेश बिरुद्ध स्पष्ट जित निकाल्दा मात्रै नेपालले उपाधी हात पार्ने छ । नेपाली टोलीले अब पहिलो खेलमा हारको बदला सहित बंगलादेशमाथि जीतको रणनीति तय गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी