छतमा समेत यात्रु राखेर कोशी पारीबाट काठमाडौं आउँदै गरेको पूर्व अरनि यातायातको बस काभ्रेमा दुर्घटना

छतमा समेत यात्रु राखेर कोशी पारीबाट काठमाडौं आउँदै गरेको पूर्व अरनि यातायातको बस काभ्रेमा दुर्घटना

  • शनिबार, साउन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काभ्रे, ३ साउन । कोशी पारीको डोरखानीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काभ्रेमा दुर्घटनामा परेको छ ।

पूर्व अरनिको यातायातको ना ३ ख ८४०८ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भएर मध्यान्ह १२ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ३० जना भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।

भुम्लु गाउँपालिका वडा नं ८ को पौवा भन्ने स्थानमा ओरालोमा बसलाई मोड्ने क्रममा दुर्घटनामा परेको एक घाइते यात्रुले बताएका छन् । बस ओभरलोड भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीको भनाई छ । उक्त बसको छतमा समेत १५ जना भन्दा बढी यात्रु रहेको र दुर्घटनाका क्रममा केहि खसेको र केहि हाम फालेको प्रत्यक्षदर्शी बताउँछन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । उनको हात भाँचिएको छ । अन्यको हात, खुट्टा, टाउको र शरीरका अन्य भागमा चोट लागेको बताइएको छ । घाइतेहरु सबैलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुलाई भने अर्को बसमार्फत काठमाडौं पठाइएको छ । बस सडकबाट नालीमा खसेको बस निकाल्ने प्रयास भइरहेको प्रहरीले छ । घटनाको थप विवरण आउन बाकीँ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ