यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटान बिरुद्ध खेल्ने

यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटान बिरुद्ध खेल्ने

  • शनिबार, साउन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

३ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटान बिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३(२ गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७(० गोलअन्तरको जित निकालेको थियो ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेश बिरुद्ध खेल्नेछ । बंगलादेशलाई हराएमा मात्र नेपालको च्याम्पियन बन्ने संभावना रहन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी