ओलीको दाबी–विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन

ओलीको दाबी–विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन

  • शुक्रबार, साउन २, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका छन्।

गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताएकी थिइन्।

तर शुक्रबार पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका हुन्।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका थिए।

आजको बैठकमा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्कने विश्वासका साथ उनलाई दोस्रोपटक राष्ट्रपति बनाइएको बताएका थिए।

बैठकमा अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने पनि बताएका छन्।

‘पार्टीलाई ठूलो र संगठित हमला छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको र यस विषयमा छलफल हुने बताएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ