विपद्‌बाट वैशाखयता ९३ जनाको मृत्यु, चट्याङबाट मृत्यु र घाइते हुने धेरै

विपद्‌बाट वैशाखयता ९३ जनाको मृत्यु, चट्याङबाट मृत्यु र घाइते हुने धेरै

  • बिहिबार, साउन १, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

श्रावण १,काठमाडौँ । वैशाखयता तीन महिनामा प्राकृतिक विपद्‌का कारण ९३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी चट्याङका घटनाका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाखदेखि असार ३२ सम्मको घटना विवरण सार्वजनिक गरेको हो ।

विपद्‌बाट मृत्यु हुनेमा चट्याङबाट २६ जना, आगलागीबाट १४, बाढीबाट १३, जनावरको आक्रमणबाट १२, लेक लागेर ११, हावाहुरीबाट ८, पहिरोबाट ६, सर्पदंशबाट २ र भारी वर्षाबाट १ जना रहेका छन् । बाढीबाट बेपत्ता हुनेको संख्या २२ छ ।

यस्तै, चट्याङबाट सबैभन्दा बढी १६१ जना घाइते भएका छन् । आगलागीबाट १३४, जनावरको आक्रमणबाट ४६, हावाहुरीबाट ३९, लेक लागेर २६, सर्पदंशबाट २२, पहिरोबाट ७, बाढीबाट ६, वनडढेलोबाट २, असिना हुरी र डुंगा पल्टेर लाग्दा १/१ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

यी घटनामा सबैभन्दा बढी बाढीका कारण १ हजार २ सय ४६ परिवार प्रभावित भएका छन् । विपद्को समग्र तथ्यांक हेर्दा चट्याङले धेरै मानवीय क्षति गरेको छ । यो तीन महिनामा चट्याङबाट मात्रै २६ जनाले ज्यान गुमाउनुका साथै १६१ जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ