सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खसेर ३ जना घाइते, एकको अवस्था गम्भीर

सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खसेर ३ जना घाइते, एकको अवस्था गम्भीर

  • बुधबार, असार ३२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

३२ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खस्दा सव–इन्जिनियर सहित तीन जना घाइते भएका छन् ।

विगुगाउँपालिका-१ स्थित हुरहुरेमा रहेको सानिमा हाइड्रोपावरको बाटो सर्भे गर्ने क्रममा माथिबाट पहिरो खस्दा सव–इन्जिनियर नुवाकोट बिदुर नगरपालिका वडा ४ बस्ने २९ वर्षीय सुनिल न्यौपाने, रामेछाप लिखु तामाकोशी गा.पा वडा नं. ४ बस्ने २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १ भोटेचौर बस्ने २७ वर्षीय सन्दिप चौलागाईं घाइते भएका हुन् ।

घाइतेमध्ये सवइन्जिनियर न्यौपानेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

न्यौपानेको टाउकोमा चोट लागेको र अवस्था गम्भीर ९बोल्न नसक्ने० भएकोले उनलाई श्रीएयरलाइन्सको हेलिकोप्टर मार्फत हेम्स अस्पताल धुम्बाराही काठमाडौं पठाएको दोलखा प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई इलाका प्रहरी कार्यालय लामाबगरबाट गएको प्रहरीले उद्धार गरेको थियो । घाइतेमध्ये बुढाथोकी र चौलागाईंको बाहिरी चोट पटक नदेखिएको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ