जसपाले ओली सरकारको औचित्य नरहेको भन्दै समर्थन फिर्ता लियो, यस्ता छन् ११ वटा कारण

जसपाले ओली सरकारको औचित्य नरहेको भन्दै समर्थन फिर्ता लियो, यस्ता छन् ११ वटा कारण

  • बुधबार, असार ३२, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असार ३२ काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको कामको समीक्षा गर्दै समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी दिएको छ। जसपा, नेपालले सरकारलाई समर्थन गरिरहन नसक्नुका ११ वटा कारणहरू देखाएको छ।

जसपाको आजको बैठकले केपी शर्मा ओली नेतृत्वको औचित्य नै नरहेको निष्कर्ष निकालेको छ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका ११ कारण यी हुन्

१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु।
२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिसनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु।

३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु। असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु।

४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु।

५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु।

६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु।

७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेस, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यकलगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु।

८. मधेस, थरूहट, किरता– लिम्बूवानलगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाइ बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाइ नगर्नु।

९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु।

१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाइ, मलखाद्य, बिउबिजन र किट्नासक औषधिका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु।

११. बेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ