रसुवा बाढीका कारण चीनमा अलपत्र परेका नेपाली चालकहरुलाई तातोपानी नाकाबाट ल्याउने तयारी

रसुवा बाढीका कारण चीनमा अलपत्र परेका नेपाली चालकहरुलाई तातोपानी नाकाबाट ल्याउने तयारी

  • बुधबार, असार ३२, २०८२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

असार ३२ काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले रसुवा बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाली ल्याउने तयारी भइरहेको बताएका छन्।

धादिङ चालक संघले बुधबार दिएको ज्ञापनपत्र बुझ्दै उक्त आश्वासन दिएका हुन्।

संघका अध्यक्ष नारायण पन्तले गृहमन्त्री लेखकलाई रसुवा बाढीका कारण चिनियाँ भूमिमा केही दिनदेखि चालकहरु अड्किएको र घर फर्किन नसकेको बताएका थिए। यसले उनीहरुको परिवार चिन्तित रहेकोले तत्काल उद्धार पहल गर्न आग्रह गरेका थिए।

गृहमन्त्री लेखकका अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ।

उक्त भेटघाटमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ पनि सहभागी थिए।

अध्यक्ष पन्तका अनुसार गृहमन्त्री लेखकलाई चिनियाँ भूमिमा अलपत्र १३५ जनाको नामसूची दिइएको छ।

यही असार २४ गते आएको बाढीले रसुवामा व्यापक धनजनको क्षति पुगेको थियो भने चीनतर्फ गएका कन्टेनर चिनियाँ भूमिमै डुबानमा परेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ