साफ यू–२० च्याम्पियनसिपमा नेपालद्धारा श्रीलंका ७–० ले पराजित

साफ यू–२० च्याम्पियनसिपमा नेपालद्धारा श्रीलंका ७–० ले पराजित

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ । नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । निर्धारित समयभन्दा ढिला सुरु भएको मंगलबारको खेलमा नेपालले श्रीलंकालाई ७(० ले पराजित गरेको हो ।

नेपालको जितमा मीना देउवाले ह्याट्रिक गरिन् भने पूर्णिमा राईले दुई गोल गरिन् । थप दुई गोल समीक्षा मगर र सरिता कुमारीका नाममा रह्यो ।

बंगलादेशको ढाकास्थित वसुन्धारा किंग्स एरिनाको अभ्यास मैदानमा भएको खेलमा प्राप्त जितपछि नेपालको ६ अंक भएको छ । बंगलादेश भने तीन जितसहित ९ अंक लिएर शीर्ष स्थानमा छ । भुटानको ३ अंक छ । लगातार तेस्रो हार बेहोरेको श्रीलंका भने अंकविहीन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी