मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा

मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार ३१, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

मंगलबार राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ ।

मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।

उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी उक्त जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ