एमाले सांसद सोनाम भन्छन्ः वर्षदिनसम्म ननुहाउने शेर्पा अहिले दिनको एकपटक नुहाउनु प्रगति हो

एमाले सांसद सोनाम भन्छन्ः वर्षदिनसम्म ननुहाउने शेर्पा अहिले दिनको एकपटक नुहाउनु प्रगति हो

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

असार ३१, काठमाडौँ । राष्ट्रिय सभामा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रका मानिसहरू दिनमा एकपटक नुहाउनु पनि सकारात्मक परिवर्तन भएको बताएका छन । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको पनि बताए ।

मुलुकमा केही भएन भन्ने भाष्य स्थापना गर्न खोजिएकोमा आपत्ति जनाउदैँ उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

पहिले हिमाली भेगमा बसोबास गर्ने मानिस वर्षदिनमा एक पटक पनि ननुहाउने गरेको दाबी गर्दै सांसद शेर्पाले अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने मानिस रहेको बताए ।

उनले भने, ‘अहिले हामी सकारात्मक कुरा किन गर्न सक्दैनौँ ? केही भएन, केही भएन भन्ने छ । भएको चाहिँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरूले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज अर्थतन्त्र इकोनोमी राम्रो भएको छ । हाम्रै जातका मान्छेहरू हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्री तापक्रम हुन्छ । त्यहाँ बसेर दिनको एक पटक नुहाउने स्थिति छ । यो प्रगति होइन त ?

विगतमा एक वर्षमा एक पटकसम्म नुहाउन पनि चिसोले गाह्रो हुने अवस्था रहेको बताउँदै सांसद शेर्पाले अहिले हिमाली क्षेत्रमा पनि आर्थिक समृद्धिले गर्दा दिनदिनै नुहाउने अवस्था रहेको दाबी गरे । ‘हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म । चिसो हुन्थ्यो, के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो हुन्थ्यो, मैले नै भोगेको कुरा हो । तर आज हामी हिमाली क्षत्रेमा बसेपनि प्रत्येक दिन नुहाउँछौँ, उनले भने, एटेच बाथरुम छ । इकोनोमी राम्रो छ ।

नेपालीहरू मात्रै विदेश गएको भन्ने भाष्य सही नभएको सांसद शेर्पाको भनाइ थियो । अवसर रहेको ठाउँमा बसाइ सर्नु अन्यथा नभएको उनको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ