स्पेनमा मान्छे पठाइएकोबारे छानबिन गर्न सीआईबीद्धारा समिति गठन

स्पेनमा मान्छे पठाइएकोबारे छानबिन गर्न सीआईबीद्धारा समिति गठन

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असार ३१, काठमाडौँ । संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति बनाएको छ ।

एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति बनेको हो । बोगटीले आफ्नो नेतृत्वमा बनेको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने बताए ।

एसएसपी बोगटी नेतृत्वको समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी पनि समावेश छन् । सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले डाकेको बैठकमा स्पेनमा भएको भनिएको मानव तस्करीका विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाउने बिषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली स्पेनको सेभियामा आयोजित चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स्’ कार्यक्रममा सहभागी हुन १४ असारमा स्पेन प्रस्थान गरेको थियो । कार्यक्रममा भाग लिएर ओलीसहितको सरकारी टोली २० असारमा फर्किएको थियो ।प्रधानमन्त्रीसहितको सरकारी टोलीकै भ्रमण आसपास दुई सातामा अस्वाभाविक रूपमा ८२ जना स्पेन पुगेको र अरू ५५ जना गन्तव्य मुलुक जान नपाई विमानस्थलबाटै फिर्ता भएकामा ‘सरकारी संयन्त्र प्रयोग गरेर संगठित गिरोहले मानव तस्करी गरेको’ आशंका गरिएको छ ।

स्पेन लगेर उतैबाट युरोपका पोर्चुगललगायत मुलुक छिराउने र त्यसबापत गिरोहले मोटो रकम असुल्ने गरेका विवरण पनि यसअघि बाहिरिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ