घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

असार ३१, काठमाडौँ । बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएको बालुवाटारले पुष्टि गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन र चित्त नबुझेमा राजीनामा दिन निर्देशन दिएका थिए । त्यहीअनुसार गुप्ताले भर्खर प्रधानमन्त्री निवास बालुवाटारमा गएर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ुआफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।ु

केही दिनदेखि आफ्नो नाम घूस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ ।’

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठिरहेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ