ठाँउ ठाँउमा पहिरो गएपछि बिपी राजमार्ग अबरुद्ध

ठाँउ ठाँउमा पहिरो गएपछि बिपी राजमार्ग अबरुद्ध

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

३१ असार, काभ्रेपलाञ्चोक । बर्षाले ठाँउ ठाँउमा पहिरो गएपछि बिपी राजमार्ग अबरुद्ध बनेको छ ।

सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

बीपी राजमार्ग अन्तर्गत रोशी–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी ११ कालढुंगा, रोशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको बाढीले सडक कटान गरेकोले राजमार्ग अवरुद्ध छ ।

यस्तै, काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा आएको बढीको कारण सडक अवरुद्ध छ भने रोशी कै पिप्लेमा आएको पहिरो, पानीतारेनजिक झरेको पहिरोको कारण सडक अवरुद्ध भएको छ ।
लेदो सहितको पहिरो आएको र सो पन्छाउने कार्य जारी रहेकाले बाटो खुल्न अझै केही समय लाग्ने बताईएको छ ।

सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधनको सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको छ ।

काभ्रेबाट सिन्धुली जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा होल्ड गरेको छ भने सिन्धुली प्रहरीले सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट, अन्य पहिरो जाने सम्भावना नभएका स्थानमा यात्रु र सवारी साधनको सुरक्षाका लागि सयौंको संख्यामा होल्ड गरिएको छ ।

काठमाडौंबाट पूर्व जाने र पूर्वबाट काठमाडौं जाने सवारी साधन तथा मालबाहक सवारी होल्ड हुँदा लामो एकतर्फी लामो जाम भएको छ भने यात्रुहरु अलपत्र छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ