दुई ठूला दलको गठबन्धनको चरित्र उजागर भयो, जनतामा विस्वास छैन, नैतिकता सकियो : प्रचण्ड

दुई ठूला दलको गठबन्धनको चरित्र उजागर भयो, जनतामा विस्वास छैन, नैतिकता सकियो : प्रचण्ड

  • सोमवार, असार ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

असार ३० काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्तमान ठूला दलका गठबन्धनको चरित्र उजागर भएको र जनतामा विस्वास गुमिसकेको बताएका छन् ।

संसदमा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भईसकेको बताए ।

अध्यक्ष प्रचण्डले संसदमा भने, ‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।’ उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ।

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत् बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौँका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इसारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न समेत उठाए ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।

यसै गरी एकीकृत आर्थिक करीडोरको विकासको त्रिभुज परियोजना गायब पारिएको, छलछाम गरेर बजेटमा दलाल बिचौलिया र स्वार्थ समुहको हित पूरा गर्न पार्टीको बिचार र घोषणा पत्र समेत त्यागेर एमाले काँग्रेस अघि बढेको प्रचण्डको आरोप छ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशमा मेगा फुड पार्क किन रोकियो ? सर्वोच्चले समेत रोकिएको गिट्टी बालुवा ढुंगा निर्यात खोल्नै पर्ने के बाध्यता थियो ? प्रचण्डले प्रश्न गरेका छन् ।

अहिलेको विकृति र विसंगति र सरकारको गलत क्रियाकलापको अहिले नै समिक्षा नगर्ने हो भने देश गंभीर विष्फोटतिर जाने उनले चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ