साउन २ गते भित्र शिक्षा ऐन पारीत नभए शसक्त आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

साउन २ गते भित्र शिक्षा ऐन पारीत नभए शसक्त आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

  • सोमवार, असार ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

असार ३० काठमाडौं । नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पारित नभए शसक्त आन्दोलनमा जाने चेतावनी दिएको छ।

महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ।

महासंघले अहिले विद्यालय, विद्यार्थी, शिक्षक(कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशः कमजोर हुँदै गएको उल्लेख गरेको जनाएको छ। महासंघले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक(कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप लगाएको छ।

असार १५ भित्र बिधेयक पारित गर्ने भनिए पनि अहिले सम्म बिधेयक पारित नभए पछि महासंघले फेरी आन्दोलनको चेतावनी दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी