असार २ं८ । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका भदा सुयोग रेग्मीका अनुसार कुपण्डोलस्थित घरमा साढे ५ बजेतिर कुराकानी भइरहँदा छाती दुख्यो भनेपछि नर्भिक अस्पताल पुर्याइएको थियो । साँझ ७ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको रेग्मीले बताए ।
इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् ।
शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । इला प्राध्यापन, पत्रकारितामा समेत संलग्न भएकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline