साफ यू–२० मा नेपालको बिजयी शुरुवात

साफ यू–२० मा नेपालको बिजयी शुरुवात

  • शुक्रबार, असार २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

असार २७ काठमाण्डौँ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले बिजयी शुरुवात गरेको छ । पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरेपछि नेपाली महिला टोलीले बङ्गलादेशमा सुरु साफ यू–२० महिला च्याम्पियनसिपमा सानदार सुरुवात गरेको हो ।

ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्।

पूर्णिमाले खेलको १८,६३,८४ र ८८ मिनेटमा गोल गरिन्। सेनुले खेलको छैटौ र ४५ मिनेटमा गोल गरिन्।
भुटानका लागि खेलको ५४ मिनेटमा कलेडेन वाङग्मोले एक गोल फर्काईन्।

राउन्ड रोविनको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ।

१५ जुलाइमा श्रीलंकासँग खेल्ने तालिका छ। १७ जुलाइमा नेपालले पुनः श्रीलंकासँग खेल्नेछ। १९ मा भुटान र अन्तिम खेलमा २१ जुलाइमा बंगलादेशसँग खेल्ने तालिका छ।

खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछ। लिग चरणको सबै खेलपछि सर्वाधिक अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी