ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

  • बिहिबार, असार २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, २६ असार । ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो, जसअनुसार समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउने छन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

ओमानमा हुने छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी