काठमाण्डौँ महानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार बस्ने

काठमाण्डौँ महानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार बस्ने

  • बिहिबार, असार २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असार २६ काठमाण्डौँ । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए।

उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।

महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन्।

मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थिति नहुनेगरि मात्रै बैठक बोलाउने अडान लिएका थिए। तर, बजेट नै नआएपछि विवादमा उत्रिएका मेयर शाह र अन्य दुवै पक्ष दवावमा परेका थिए।

काठमाडौँ भ्युटावर निर्माणसम्बन्धी विवादमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई त्यहाँबाट हटाएका थिए। तर, संघीय सरकारलाई पुनः उनैलाई पठाएपछि उनले अस्वीकार गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृतकै बिषयले उग्ररुप लिँदा कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ