वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

  • बुधबार, असार २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

२५ असार , काठमाडौं । वाइसीएल नेपालले साउन १ गतेबाट श्रम तथा उत्पादन अभियान सञ्चालन गर्ने भएको छ ।

वाईसिएलको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको छ ।

असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आजको बैठकले अनुमोदन गरेको हो ।
अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने छन् ।

बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।

प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मूूख्य कार्यक्रममा समेट्दै विपद व्यवस्थापन एस।टी।एफ गठन गरेको छ । विपद व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।

उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएको छ ।

यसै गरी वैदेशिक रोजगारमा हुने ठगीका विरुद्ध संघर्ष गर्ने
, सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने , निर्माण भईरहेका सरकारी कामहरुको भ्रष्टाचार, ठगी र ढिलासुस्ती विरुद्ध सघर्ष गर्ने , भाद्रपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समुहलाई लिएर ‘पोलिटीकल युथ कन्सर्ट’ को तयारी गर्ने , कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने लगायतका बिषयमा पनि बैठकले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ