रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिषामा गएका थिए कि थिएनन् ?

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिषामा गएका थिए कि थिएनन् ?

  • बुधबार, असार २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

२५ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय स्पष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले आफूले लामिछाने भिजिटरको रूपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै त्यसबारे जानकारी दिन आग्रह गरेका छन् ।

‘माननीय रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थ्यो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ ।

उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन ? ’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

लगत्तै, उनले भिजिट भिसामै गएको भए सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न पनि गरे ।

भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ? ’ गृहमन्त्री लेखकले प्रश्न गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ