बाढी पहिरोका कारण कुन कुन राजमार्ग अवरुद्ध छन् ?

बाढी पहिरोका कारण कुन कुन राजमार्ग अवरुद्ध छन् ?

  • बुधबार, असार २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार २५ काठमाण्डौँ । बाढीपहिरोका कारण अहिले मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ प्रवेश गर्ने बीपी राजमार्ग, कान्ति लोकपथसहितका सडक बाढी पहिरोको कारण अवरुद्ध भएका हुन्।

बाढी पहिरोको कारण सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।

बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्। पहिरो पन्छाएपछि यी सडकमा एकतर्फी गाडी चल्न थालेका छन्।

गएराति एक बजेतिर काभ्रेको रोशी पिन्थलीस्थित खहरे खोलाको लेदो सडकमा थुप्रिँदा बीपी राजमार्ग आज बिहान अबरुद्ध भएको थियो ।

515109162_1263870595367939_8650365104085708513_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ