रसुवामा आकस्मिक बाढीबाट ठूलो धनजनको क्षतिपछि प्रधानमन्त्रीद्धारा अत्यावस्यक बाहेकका सबै कार्यक्रम स्थगित

रसुवामा आकस्मिक बाढीबाट ठूलो धनजनको क्षतिपछि प्रधानमन्त्रीद्धारा अत्यावस्यक बाहेकका सबै कार्यक्रम स्थगित

  • मङ्लबार, असार २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।

कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नले फेसबुकमा लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ ।’

उनले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन् । साथै सरकारी निकायहरुले गरिरहेको उद्धारको काममा सबैको सहयोगको अपेक्षा पनि उनले गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका छन् । ठूलो भौतिक क्षति पुर्‍याएको छ । उनले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण र विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् ।

‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु । विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ